मणिपुरमा दुई उग्रवादी समातिए, 104 वटा नाका राखियो
मणिपुरमा दुई उग्रवादी समातिए, 104 वटा नाका राखियो


इम्फाल, 22 फरवरी (हि.स.)। मणिपुरमा सुरक्षाबलहरूले बितेको 24 घण्टाभित्रमा अलग-अलग भागहरूबाट दुई जना उग्रवादीहरूलाई पक्राउ गरे। वाहनहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नका लागि राज्यका विभिन्न भागहरूमा 104 वटा नाका राखियो। यस आशयको जानकारी मणिपुर पुलिस मुख्यालयद्वारा आज दिइएको हो।

पुलिस अनुसार इम्फाल पश्चिम जिल्लाको इम्फाल थाना अन्तर्गत मिनुथोंग क्षेत्रबाट बलजफ्ती असुली गर्ने केसीपी (पीडब्लूजी)- का सक्रिय क्याडर पुयम सिन्दूर सिंह उपनाम चालम्बा (43)-लाई पक्राउ गरियो। आरोपी विष्णुपुर जिल्लाको रहेको बताइएको छ। अर्को अभियानमा सुरक्षा बलहरूले केसीपी (पीएससी)- का सक्रिय क्याडर जानी कंगजम उपनाम जापान (23)-लाई पक्राउ गरे। उसलाई इम्फाल पश्चिम जिल्लाको लाम्फेल थाना क्षेत्रस्थित उसकै निवासबाट पक्राउ गरिएको हो।

यस बाहेक राष्ट्रिय राजमार्ग-37 मा आवश्यक वस्तुहरू लोड गरिएका 234 वटा वाहनहरूको ओहोर-दोहोर सुनिश्चित गरियो। सबै संवेदनशील क्षेत्रहरूमा सुरक्षाको कड़ा बन्दोबस्त गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande