मसला बोर्डले सिक्किममा ठूलो अलैंचीको मौसम आधारित फसल बीमा योजना शुरु गर्ने
मसला बोर्डले सिक्किममा ठूलो अलैंचीको मौसम आधारित फसल बीमा योजना शुरु गर्ने


गान्तोक, 22 फरवरी (हि.स.)। मसला बोर्डले कृषि भारतीय फसल बीमा कम्पनी लिमिटेडसँग मिलेर सिक्किममा 24 फरवरी, 2026 का दिन ठूलो अलैंचीको मौसम आधारित फसल बीमा योजना शुभारम्भ गर्नेछ। उक्त जानकारी आज पीआईबीले दिएको छ।

पीआईबी अनुसार, राज्यका ठूलो अलैंची कृषकहरूलाई आर्थिक सुरक्षा प्रदान गर्नका साथै मौसम आधारित जोखिमबाट संरक्षित गर्न यो प्रगतिशील पहल लक्षित छ। योजना तीनवटा ठूलो अलैंची उत्पादक प्रमुख जिल्ला जस्तै पाकिम, गेजिङ र मंगनमा कार्यान्विय गरिनेछ।

यस अवसरमा सिक्किम सरकारको कृषि एवं बागवानी मन्त्री पुरणकुमार गुरुङ मुख्य अतिथिका रूपमा उपस्थित हुनेछन्। दुवै अभिकल्प अनि कार्यान्वनको सम्बन्धमा यो अग्रगामी छ र शुरुमा यो प्रायोगिक रूपमा शुरुवात गरिनेछ। प्रदर्शनीको मूल्याङ्कनका साथै हितधारकहरूबाट प्रतिक्रिया प्राप्त गरेपछि, आवश्यक परिष्करण आगामी वर्षहरूमा सामेल गर्दै योजनालाई ठूलो अलैंची उत्पादन गर्ने अन्य पूर्वोत्तरका राज्यहरूमा पनि सम्भावित रूपमा विस्तारित गरिनेछ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande