
नयाँ दिल्ली, 22 फरवरी (हि.स.)। उत्तर-पश्चिमी जिल्लाको मोडल टाउन थाना क्षेत्रमा उपद्रवीहरूले एकजना 18 वर्षीय युवकको गोली दागी हत्या गरिदिए। घटना गए शनिवार र आइतवारको बीचमा राती लगभग 2:28 बजे आजादपुर क्षेत्रमा भएको हो। युवक विवाह समारोहबाट घर फर्किरहेको थियो।
पुलिस मुताविक एकजना युवक घाइते अवस्थामा सड़क किनारमा लड़िरहेको सूचना प्राप्त भएको थियो। घटनास्थलमा पुगेर पुलिसको टीमले तत्कालै युवकलाई बाबू जगजीवन राम मेमोरियल अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।
जाँचमा मृतकको पहिचान जहाँगीरपुरी निवासी इशु उपनाम ईशान्त (18)- को रूपमा भएको छ। प्रारम्भिक जाँचमा थाहा लागेको छ, बाइक सवार आक्रमणकारीहरूले युवकमाथि कैयौं राउण्ड फायरिंग गरे। घटनास्थलबाट पुलिसले खाती कारतूस पनि जफत गरेको छ। सूचना पाएर क्राइम टीम र एफएसएलले घटनास्थलमा पुगी प्रमाणहरू जुटायो। पुलिसले हत्याको मामिला दर्ता गरेको छ। केही संदिग्धहरूलाई चिन्हित गरिएको जसलाई पक्राउ गर्नको लागि छापामारी गरिँदैछ। पुलिस अधिकारीहरूको भनाइ छ, आपस्तमा शत्रुता तथा अन्य पक्षहरूलाई ध्यानमा राखेर जाँच गरिँदैछ। क्षेत्रका सीसीटीभी फुटेजहरूको पनि जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा