मुख्यमन्त्रीले पूर्व राज्यपाल प्रसादसंग शिष्टाचार भेट गरे
CM and former governor


गान्तोक, 22 फरवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले

सिक्किमका पूर्व राज्यपाल गंगा प्रसाद चौरसियासंग आज आफ्नो सरकारी आवासमा शिष्टाचार भेट गरे। उक्त जानकारी मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।

मुख्यमन्त्रीले सिक्किमका पूर्व राज्यपाल गंगा प्रसादलाई स्वागत गर्न र उनीसँग संवाद गर्न पाउँदा अत्यन्त खुशी लागेको बताएका छन्। भेटघाटका क्रममा उनले पूर्व राज्यपालको स्वास्थ्य तथा कुशलक्षेमबारे जानकारी लिएको र निरन्तर सुस्वास्थ्य एवं सुख-समृद्धिको कामना गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande