कंग्रेसको आन्तरिक कलहलाई सुल्झाउँदा सुल्झाउँदै प्रियंका गान्धीलाई राति 3 बजेसम्म जाग्नुपऱ्योः डा. हिमन्त
कंग्रेसको आन्तरिक कलहलाई सुल्झाउँदा सुल्झाउँदै प्रियंका गान्धीलाई राति 3 बजेसम्म जाग्नुपऱ्योः डा. हिमन्त


गुवाहाटी, 22 फरवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालेने कंग्रेसमाथि चर्को प्रहार गर्दै आरोप लगाए, पार्टीभित्र गहिरो गुटबाजी भइरहेको छ जसलाई सुल्झाउनको लागि वरिष्ठ कंग्रेस नेता प्रियंका गान्धीलाई राती 3 बजेसम्म बस्नुपऱ्यो।

भाजपाको प्रदेश मुख्यालयमा आयोजित चुनाउ प्रबन्धन समितिको बैठक पश्चात पत्रकारहरूसित बातचित गर्दै मुख्यमन्त्रीले भने, प्रियंका गान्धीलाई असममा आएर कंग्रेसको आन्तरिक लड़ाईँलाई सुल्झाउनु परेकोमा उनलाई दुःख लागिरहेको छ। उनले दाबी गरे, विपक्षी दलहरूबीच केही अल्पसंख्यक बहुल सीटहरूलाई लिएर विवाद भइरहेको छ जुन अत्यन्तै दुर्भाग्यपूर्ण हो।

मुख्यमन्त्रीले यो पनि आरोप लगाे, कंग्रेस नेता राहुल गान्धीको काम भनेकै देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लज्जित पार्नु रहेको छ। एआई शिखर सम्मेलनमा भएको विवादित विरोध प्रदर्शनको उल्लेख गर्दै उनले भने, यो कंग्रेसद्वारा राहुल गान्धीको निर्देशमा गरिएको एक निन्दनीय कृत्य थियो।

उनले स्पष्ट पारे, माथिल्लो असमका सीटहरूलाई लिएर विपक्षी दलहरूबीच कुनै प्रकारको विवाद छैन, विवाद केही विशेष क्षेत्रहरूसम्म मात्र सीमित छ। मुख्यमन्त्रीले यो टिप्पणी भाजपाको चुनावी प्रबन्धन समितिको महत्वपूर्ण बैठकपछि गरेका हुन् जसमा आगामी चुनावी रणनीतिमाथि विस्तृत चर्चा गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande