शान्तिनिकेतनको होटलबाट प्रचुर मात्रामा बम जफत
शान्तिनिकेतनको होटलबाट प्रचुर मात्रामा बम जफत


बीरभूम, 22 फ़रवरी (हि. स.)। जिल्लाको शान्तिनिकेतनमा आइतवार बिहान त्यसबेला खैलाबैला भयो जतिबेला बोलपुरको प्रान्तिक क्षेत्रस्थित एक होटलमा ठूलो संख्यामा ताजा बम भेटियो।

पुलिस अनुसार होटलभित्रै बम बनाइँदैथ्यो। सूचना पाउनसाथ पुलिस, बम निरोधक दल (बम्ब स्क्वायड) औ दमकल विभागका टीमहरू घटनास्थलमा पुगे अनि बमहरूलाई निष्क्रिय बनाउने प्रक्रिया शुरू गरे।

पुलिस सूत्र मुताविक आइतवार सबेरै गुप्त सूचना प्राप्त भयो, प्रान्तिक क्षेत्रस्थित एक होटलमा न्यूनतम 50 वटा ताजा बम राखिएको छ। स्थानीय मानिसहरूको आरोप छ, त्यै होटलमा बसेर बम बनाइरहेको थियो। यसैै सूचनाको आधारमा पुलिसले तत्काल कारबाही गर्द होटलमा छापा माऱ्यो जहाँबाट बमसित विस्फोटक सामग्रीहरू पनि जफत गरियो।

घटनापछि क्षेत्रमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको छ। बम स्क्वायडले बमहरूलाई सुरक्षित रूपमा निष्क्रिय बनाउने काम गरिरहेको छ। यस मामिलामा हाल सातजना मानिसहरूलाई हिरासतमा लिइएको छ। पुलिसले शंका व्यक्त गरेको छ, यसमा अन्य मानिसहरू पनि सामेल हुनसक्छ।

महकमा पुलिस अधिकारी (एसडीपीओ) रिकी अग्रवालले बताए, गुप्त सूचनाको आधारमा संयुक्त टीम बनाएर अभियान संचालन गरियो जसमा केही बमहरू भेटियो जसलाई निष्क्रिय बनाउने काम भइरहेको छ। उनले भने, मामिलाको गहन जाँच गरिँदैछ।

यो होटल बोलपुर नगरपालिकाको वार्ड नम्बर-(एक) को घना जनसंख्या भएको क्षेत्रमा छ जसबाट पर्यटक तथा स्थानीय मानिसहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठिरहेको छ।

यसबीच भारतीय जनता पार्टी (भाजपा)-ले आरोप लगाएको छ, होटलको सम्बन्ध स्थानीय तृणमूल नेताहरूसित छ।

भाजपाको दाबी छ, नगरपालिकाकी चेयरम्यान संगीता दासका पति तथा स्थानीय तृणमूल नेता बाबू दास जो मन्त्री चन्द्रनाथ सिंहको निकटवर्ती रहेको बताइएको छ, होटल संचालनसित जोड़िएका छन्। अर्कोतिर तृणमूल कंग्रेसले उक्त आरोपलाई लिएर अहिलेसम्म कुनै प्रकारको आधिकारिक प्रतिक्रिया दिएको छैन।

पुलिसको भनाइ छ, सम्पूर्ण मामिलाको निष्पक्ष जाँच गरिँदैछ तथा दोषीहरूविरूद्ध कड़ा कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande