
कोलकाता, 22 फरवरी (हि. स.)।अल इण्डिया तृणमूल कंग्रेसले आइतवार सोशल मीडिया एक्स ह्याण्डलमा एउटा तस्वीर साझा गर्दैकम्युनिस्ट पार्टीअफ इण्डिया (मार्क्सवादी) माथि कड़ा हमला गऱ्यो। तृणमूल कंग्रेसलो आरोप लगायो, दशकौंसम्म आफूलाई नैतिक श्रेष्ठता तथा उच्च विचारधाराको प्रतीक बताउने माकपाको प्रतिष्ठा अब पूर्ण रूपले ध्वस्त भइसकेको छ।
तृणमूलद्वारा साझा गरिएको तस्वीरमा माकपाको पश्चिम बंगाल राज्य समितिको पक्षबाट जारी एउटा दस्तावेज देखाइएको छ जसमा पार्टीका एकजना राज्य समिति सदस्यलाई तत्काल प्रभावदेखि निष्कासित गरिएको उल्लेख गरिएको छ। तृणमूलले उक्त दस्तावेजलाई अगाड़ि सार्दै वामपन्थी दलको कथित विचारधारा अनि आन्तरिक विरोधाभासहरूमाथि प्रश्न उठाएको छ।
आफ्नो पोस्टमातृणमूल कंग्रेसले भनेको छ, आज माकपाकोतथाकथित “विचारधारा” केवल राजनीतिक अस्तित्व बचाउनको लागि गरिरहेको सामरिक गठबन्धनसम्म मात्र समेटिन पुगेको छ। आरोप लगाइयो, जुन राजनीतिक शक्तिहरूको उनीहरूले सार्वजनिक रूपमा विरोध गर्ने गर्दछन्, त्यै शक्तिहरूसित पर्दा पछाड़ि तालमेल राखिँदैछ।
तृणमूलले यो पनि आरोप लगायो, माकपा नेताहरूले कल्याणकारी योजनाहरूका लाभार्थीहरूकोउपहास गर्दछन् जबकि आफू भने टेलीभिजन स्टुडियोमा बसेर समानता र सामाजिक न्यायको कुरा गर्दछन्। पोस्टमा कटाक्ष गर्दै भनियो, जुन मानिसहरूले एक समयमा बंगालमा नैतिक उच्चताको दाबी गर्थे, आज उनीहरू नै राजनीतिक रूपमा अप्रसांगिक भइसकेका छन्।
तृणमूल कंग्रेसले आफ्नो बयानमा माकपामाथि पाखण्ड, दोहोरो मानदण्ड र बौद्धिक दुर्बलताको आरोप लगाउँदै भन्यो, जुन पार्टीलाई एक समयमा शक्तिशाली मानिन्थ्यो, त्यो आज पाखण्ड, अप्रासंगिकता औअशिक्षितहो-हल्लामा हराएको छ।
यस्तो तीव्र हमलालाई लिएर माकपाको पक्षबाट यो समाचार लेखुञ्जेलसम्म कुनै आधिकारिक प्रतिक्रिया सामु आएको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा