
मीरजापुर, 22 फरवरी (हि.स.)। उत्तर प्रदेशको मीरजापुर जिल्लामा आइतवार पारिवारिक विवादपछि एक पतिले आफ्नी पत्नीको हत्या गऱ्यो। पुलिसले घटनास्थलमा पुगेर आरोपी पतिलाई हिरासतमा लिएर थप अनुसन्धान शुरु गरेको छ।
अपर पुलिस अधीक्षक (शहर) रितेश सिंहले बताए, कोतवाली कटरा क्षेत्रको रेवना गाउँका निवासी कपूर चन्द्रको आफ्नी पत्नी चन्दा देवी (48) सँग झगड़ा भएको थियो। कुरा यति बढ्यो कि उनले आफ्नी पत्नीको हत्या गरे। घटनाको जानकारी पाएपछि कोतवाली कटरा र कोतवाली देहात पुलिस फिल्ड युनिट सहित घटनास्थलमा पुगे। पुलिसले शवलाई आफ्नो कब्जामा लिएर घटनास्थलबाट प्रमाण संकलन गरेको छ। अभियुक्तलाई हिरासतमा राखिएको छ र सोधपुछ भइरहेको छ।
एएसपी सिटीले शवलाई पोस्टमार्टमको लागि पठाएर पुलिसले घटनाको अनुसन्धान गरिरहेको बताए। यसैबीच चन्दाका भाइले भेनाले उनकी बहिनीको हत्या गरेको आरोप लगाउँदै पुलिसमा उजुरी दिएका छन्। पुलिसले यस विषयमा कानूनी कारबाही गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी