आईजीजेएफ सोनादा पचेङ समष्टिकाे सांगठनिक सभा सम्पन्न
आईजीजेएफ सोनादा पचेङ समष्टिमा सांगठनिक सभा सम्पन्न


सोनादा, 23 फरवरी (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको सोनादा पचेङ समष्टिमा आज एक सांगठनिक सभा सम्पन्न भयो। उक्त सांगठनिक सभा समष्टि सभापति सिद्धान्त थापाको सभापतित्वमा सम्पन्न भयो।

सभामा अप्पर रमिते निवासी दमन्ती थापा र गोर्खा जनमुक्ति मोर्चाकी सक्रिय सदस्य इण्डियन गोर्खा जनशक्ति फ्रन्टमा सामेल भए। सभामा महकुमा सांगठनिक सचिव सन्नी लोप्चन, महकुमा नारी संयोजिका संगिता छेत्री, महकुमा युवा सचिव पुकार राई, समष्टि महासचिव रमेश राई, प्रमुख सल्लाहकार भुपति सुब्बा आदि उपस्थित थिए। सभामा संगठनलाई अझ सुदृढ र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande