
खरसाङ, 23 फरवरी (हि.स.)। गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिका पदाधिकारीहरुको उपस्थितिमा 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिको चिमनी देवराली ग्राम पञ्चायत अन्तर्गत मजुवामा बुथ कमिटी गठन गरिएको छ। उक्त बुथ कमिटी गठन प्रदीप प्रधानको अध्यक्षतामा आयोजित सभामा गरियो।
सभामा गोजमुमो खरसाङ महकुमा समितिका सभापति र पूर्व सभासद योगेन्द्र राई विशेष रुपमा उपस्थित थिए। सभामा मजुवामा क्षेत्रमा गोजमुमोलाई सशक्त बनाएर लैजानका लागि बुथ कमिटीमा अन्य सदस्यहरु थपेर पूर्णाङ्क कमिटी गठन गरिने भएको छ।
सभामा मजुवा बुथ कमिटीको लागि राजीव गोलेलाई सर्वसम्मतिद्वारा संयोजक चयन गरियो। उनीसॅंगै अन्य 20 जनालाई लिएर बुथ कमिटी गठन गरिएको छ। अब भविष्यमा उनकै अगुवाईमा मजुवामा बुथ कमिटी गठन गरिने बताइएको छ। यस मजुवा बुथ कमिटीलाई गोजमुमो खरसाङ महकुमा समितिका सभापति योगेन्द्र राईले स्वीकृति दिएको जनाइएको छ।
हिन्दुस्थान समाचार / हनोक