
खरसाङ, 23 फरवरी (हि.स.)। महानदी ग्राम सुधार समितिको वार्षिक साधारण सभा साथै सम्मान कार्यक्रम आज समितिका सभापति तारानाथ शर्माको अध्यक्षतामा सम्पन्न भयो। सभामा महानदी ग्राम सुधार समितिको वार्षिक सभा पनि सम्पन्न गरियो।
यस कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने तथा विभिन्न क्षेत्रबाट समाजको सम्मान उच्च राख्ने व्यक्तिहरूलाई सम्मानित गरियो। यस क्रममा हालैमा राष्ट्रपति पदकबाट सम्मानित महानदी निवासी एवं झारखण्ड सशस्त्र पुलिसमा कार्यरत् जयदेव प्रधान, आईबीपीएस उत्तीर्ण भई ब्याङ्कको उच्च पदमा आसिन महानदीका सागरिका गुरुङ र रितिका तामाङ, बीए एलएलबी पूरा गरेर अधिवक्ता बनेकी शान्तावना राईलाई समाजको तर्फबाट सम्मान जनाइयो।
यसैगरी, 75 वर्ष नाघेका 22 जना वरिष्ठ नागरिकहरुलाई पनि समाजको तर्फबाट सम्मान जनाइएको महानदी ग्राम सुधार समितिका प्रवक्ता हेमु प्रधानले जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक