
मुम्बई, 22 फरवरी (हि.स.)। शिवसेना यूबीटीका नेता सञ्जय राउतले आइतवार राज्य सकारले विपक्षी नेता बिनै बजट सत्र संचालन गर्न चाहेको आरोप लगाए। उनले भने, यो लोकतान्त्रिक प्रथा तथा परम्परा विरूद्ध छ।
सञ्जय राउतले आइतवार पत्रकारहरू समक्ष बताए, महाराष्ट्र सरकारको बजट सत्र सोमवारदेखि शुरू भइरहेको छ। विधानसभामा विपक्षी नेताको लागि हामीले विधायक बास्कर जाधवको नाम दिएका छौं, तर विधानसभा अध्यक्ष राहुल नार्वेकरले यसमाथि अहिलेसम्म निर्णय लिएकै छैनन्।
राउतले भने, यसपूर्व मुख्यमन्त्रीले भनेका थिए कि सभागृहमा विपक्षी नेता नियुक्ति गर्ने अदिकार अध्यक्षसित छ, समय आएपछि उनले यसमाथि फसेला लिनेछन्। सञ्जय राउतले भने, विधान परिषदमा पनि विपक्षी नेताको पद रिक्त छ। परिषदमा कंग्रेसका विधायकको नाम दिइएको छ, तर विधानपरिषदका सभापतिले पनि यस सम्बन्धमा निर्णय लिएका छैनन्।
विधानसभा अध्यक्ष राहुल नार्वेकरले यस मुद्दामा भनेका थिए, विधानसबामा विपक्षी नेताको पदको लागि मोठ विधायकहरूमध्ये दश प्रतिशत विधायकहरूको आवश्यकता पर्छ। यो आंकड़ा कुनै पनि विपक्षी दलसित छैन। त्यसैले यो पदमा सबैको सहमतिपछि नै नियुक्त गर्न सकिन्छ। अध्यक्षले भनेका थिए, चाँड़ै नै उनले यस सम्बन्धमा निर्णय लिनेछन्। तथापि आज अध्यक्षले यस सम्बन्धमा कुनै प्रतिक्रिया दिएका छैनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा