नेसाप सिक्किमको चुनाउ सम्पन्न, हरि ढुङ्गेल पुन: अध्यक्ष निर्वाचित
नेसाप सिक्किमको चुनाउ सम्पन्न


गान्तोक, 23 फरवरी (हि.स.)। हरि ढुङ्गेल पुन: नेपाली साहित्य परिषद (नेसाप) सिक्किमको अध्यक्ष निर्वाचित भएका छन्। यसैगरी, महासचिवको पदमा भीम राउत निर्वाचित भएका छन्।

नेसाप सिक्किमको 14औं कार्यकारिणी समितिको चुनाउ आज विकास क्षेत्रस्थित परिषद भवनमा सम्पन्न भयो। मतदानपछि चुनाउ समितिले 11 जना विजयी उम्मेदवारहरूको नाम औपचारिक रूपमा घोषणा गऱ्यो, जसमध्ये तीन जना निर्विरोध निर्वाचित भएका छन्।

नेसाप सिक्किमका पूर्व अध्यक्ष हरि ढुङ्गेल पुन: अध्यक्ष पदमा निर्वाचित भएका छन्। यसरी नै वरिष्ठ पत्रकार भीम राउत महासचिव पदमा निर्वाचित भएका छन्। यसरी नै उपाध्यक्ष पदमा नीलम न्यौपाने र रत्न लक्सम सुब्बा, प्रशासन एवं विधि सचिवमा लुइस बिष्ट, प्रचार प्रसार सचिवमा हेमराज अधिकारी तथा कार्यकारिणी सदस्यहरूमा पेम नर्बु शेर्पा र खुसेन तिम्सिना निर्वाचित भएका छन्।

यसैगरी, साहित्य एवं संस्कृति सचिवमा तुलसी घिमिरे कश्यप, कोषाध्यक्ष पदमा जीएस सुब्बा र कला एवं संस्कृति सचिवमा गणेश ढुङ्गेल निर्विरोध निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यकारिणी समितिको कार्यकाल आगामी तीन वर्षका लागि रहने बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande