
जम्मू, 22 फरवरी (हि.स.)। आइतवार जम्मू कश्मीरको किश्तवाड़ जिल्लाको एक दुर्गम क्षेत्रमा सुरक्षा बलसँगको कारबाहीमा एक आतङ्की मारिएको छ।
अधिकारीहरूले बिहान सबेरै चतरू बेल्टको पासेरकुटको सामान्य क्षेत्रमा माटोको घरभित्र जैश-ए-मोहम्मदका दुई पाकिस्तानी आतङ्की लुकेको जानकारी प्राप्त भएको बताए। यसपछि सेना, पुलिस र सीआरपीएफको संयुक्त टोलीले खोजी अभियान शुरु गऱ्यो। आतङ्कीहरूले नजिक आइरहेका सैनिकहरूमाथि गोली चलाए, जसबाट बिहान 10.30 बजी भिड़न्त शुरू भयो। अधिकारीहरूले जारी कारबाहीमा अहिलेसम्म एक आतङ्की मारिएको बताए।
हिन्दुस्थान समाचार / भवानी थामी