
गान्तोक, 23 फरवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले टिस्टा रङ्गीत रेस्क्यु सेन्टर वेलफेयर एसोसिएशनको प्रतिनिधिमण्डलसॅंग भेट गरेका छन्। उनले मिन्तोकगाङस्थित आफ्नो सरकारी आवासमा आज संस्थाका प्रतिनिधिहरूसॅंग भेट गरेको सामाजिक सञ्जाल फेसबुक पोस्टमा बताएका छन्।
मुख्यमन्त्रीले टिस्टा रङ्गीत रेस्क्यु सेन्टर वेलफेयर एसोसिएशनका अध्यक्ष शान्ति राईको अगुवाईमा एक प्रतिनिधिमण्डलसॅंग भेट गरेको बताएका छन्। संघले विशेष रूपमा टिस्ता र रङ्गीत नदीहरूमा समयमै र साहसी उद्धार कार्य सञ्चालन गरेर समाजलाई अमूल्य सेवा प्रदान गर्दै आएको छ, जुन वास्तवमा प्रशंसनीय रहेको उनले उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले संघका सदस्यहरूको अटल प्रतिबद्धता, नि:स्वार्थ समर्पण र आवश्यकताको समयमा सेवा गर्ने तत्परताको सराहना गर्दै उनीहरूको यस मानवीय पहलले क्षेत्रमा जीवनको सुरक्षा र सामुदायिक लचिलोपनलाई बलियो बनाउनमा महत्त्वपूर्ण परिवर्तन ल्याएको बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल