असमको कछारबाट लगभग तीन करोड़को याबा ट्याब्लेट जफत, दुई तस्कर पक्राउ
असमको कछारबाट लगभग तीन करोड़को याबा ट्याब्लेट जफत, दुई तस्कर पक्राउ


कछार, 23 फरवरी (हि.स.)। असमको कछार जिल्लाको जिरीघाट क्षेत्रमा पुलिसले ड्रग्स विरूद्ध चलाएको विशेष अभियानमा प्रचुर मात्रामा याबा ट्याब्लेट जफत गरिएको छ। यस कारबाहीमा दुई कथित तस्करहरूलाई पक्राउ गरिएको छ।

सोमवार पुलिस प्रवक्ताले दिएको जानकारी अनुसार, एक बोलेरो पिकअप गाड़ीबाट 10 हजार याबा ट्याब्लेट जफत गरिएको छ। जफत गरिएका ट्याब्लेटको बजार मूल्य लगभग 3 करोड़ रुपियाँ बराबर छ।

पक्रा परेका तस्करहरूको पहिचान मणिपुरका बासिन्दा खुम्बा र के नामथुइदिनाङ रोङमेईको रूपमा गरिएको छ। पुलिसले मुद्दा दर्ता गरी घटनाको अनुसन्धान शुरु गरेको छ, कन्साइनमेन्ट कहाँबाट ल्याइँदै थियो र कहाँ पुर्यामउने उद्देश्यले गरिएको थियो भनेर पत्तो लगाउने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande