अजित विमान दुर्घटनाः निर्धासित होस् सीबीआईको लागि जाँचको समय-सीमाः रोहित पवार
अजित विमान दुर्घटनाः निर्धासित होस् सीबीआईको लागि जाँचको समय-सीमाः रोहित पवार


मुम्बई, 23 फरवरी (हि.स.। बजट सत्रको पहिलो दिन एनसीपी (एसपी)- का विधायक रोहित पवारले पूर्व उपमुख्यमन्त्री दिवंगत अजित पवारको प्लेन क्र्याशको जाँचमाथि गम्भीर प्रश्न उठाए। उनले भने, विमान दुर्घटनासित सम्बन्धित प्रमाण तथा एउटा पत्र मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई दिनेछ। दुई दिनमा जाँच रिपोर्ट आउने कुरा गरिँदैछ, यदि जाँचको नाममा ठीक्क मात्र पारिएको हो भने राम्रो हुनेछैन। उनले माग गरेका छन्, सीबीआईको लागि जाँचको समय-सीमा निर्धारण गरिनुपर्छ।

रोहित पवारले सदनमा शोक प्रस्ताव पेश हुनअघि मीडियासित बातचित गर्द विमान दुर्घटनाको निष्पक्ष जाँच गर्ने आफ्नो मागलाई दोहोऱ्याए। उनले भने, कतै न कतै पाइलटको मिलोमतो छ। मैले सबै प्रमाण प्रेस कन्फ्रेन्समा पेश गरेको छु। पीएम नरेन्द्र मोदी र केन्द्रिय गृहमन्त्री अमित शाहलाई प्रमाणसितै पत्र दिइएको छ। उनले यस कुरामाथि शंका व्यक्त गरे, के जाँच एजेन्सीहरूले सही ढंगमा प्रमाणहरू भेला गरिरहेका छन्।

वीएसआर कम्पनीको उल्लेख गर्दै रोहितले भने, केही नियमहरूको उल्लंघन गरिएको छ। म मुख्यमन्त्रीलाई पत्र दिएर दुर्घटनाको पूर्ण जाँच तथा चाँड़ै डिटेल्ड रिपोर्ट जारी गर्ने माग गर्नेछु। हामीलाई ब्ल्याक बक्सको फोटो प्राप्त भएको छ। सीआईडीले एक महिनामा वास्तवमा के गऱ्यो, के उसले सीसीटीभी फुटेज जफत गऱ्यो। सीबीआईको लागि जाँचको समय-सीमा निर्धारित गरिनुपर्छ। किनभने सीबीआईसित हजारौं मामिला थाँतीमा रहेको हुन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande