असममा अर्थोडक्स चियामाथि अनुदान 10 देखि बढ़ेर 15 रुपियाँ प्रतिकिलो
असममा अर्थोडक्स चियामाथि अनुदान 10 देखि बढ़ेर 15 रुपियाँ प्रतिकिलो


गुवाहाटी, 23 फरवरी (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार अर्थोडक्स चियामाथि दिइने राज्य सरकारको सब्सिडीलाई 10 रुपियाँदेखि बढ़ाएर 15 रुपियाँ प्रतिकिलोग्राम बनाउने घोषणा गरे।

मुख्यमन्त्रीले आज आफ्नो सोशल मीडिया सन्देशमा भने, यस वर्ष असमको चियाको रेकर्ड उत्पादन तथा निर्यात भएपछि सरकारले चिया उद्योगलाई अझ सशक्त बनाउने निर्णय लिएको छ। उनले बताए, यो कदम अर्थोडक्स चियाको उत्पादनलाई प्रेरित गर्न तथा उद्योगलाई प्रोत्साहन दिने उद्देश्यले उठाइएको हो।

उनले विश्वास व्यक्त गरे, यस निर्णयबाट उद्योगसित जोड़िएका उद्यमीहरूसंँगसँगै राज्यका चिया श्रमिक दाज्यु-भाई तथा दिदी-बहिनीहरूलाई ठूलो लाभ अनि खुशी प्राप्त हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande