दिल्ली विधानसभा सहित तीन वटा स्कूलहरूलाई बमले उड़ाउने धम्की, धम्कीपूर्ण कल झुटो साबित
दिल्ली विधानसभा सहित तीन वटा स्कूलहरूलाई बमले उड़ाउने धम्की, धम्कीपूर्ण कल झुटो साबित


नयाँ दिल्ली, 23 फरवरी (हि.स.)। राजधानीमा सोमवार त्यसबेला खैलाबैला मचियो जतिबेला विधानसभा सहित दुई वटा प्रमुख शैक्षणिक संस्थानहरूलाई बमले उड़ाउने धम्की प्राप्त भयो। एकपछि अर्को गर्दै आएका तीन वटा फोन कलपछि पुलिस, दमकल विभाग, बम निरोधक दस्ता औ डग स्क्वायडका टीमहरूले घटनास्थलमा पुगेर व्यापक खोजी अभियान शुरू गरे। घण्टौंसम्म खोजी गरिएपछि अन्ततः धम्कीपूर्ण फोन कल नक्कली (हक्स) रहेको पाइयो।

दमकल विभाग अनुसार पहिलो कल बिहान 8:50 बजे दिल्ली क्यान्टस्थित आर्मी पब्लिक स्कूलमा बम राखिएको सूचनाको रूपमा प्राप्त भयो। सूचना पाउनसाथ दमकलका दुई वटा वाहनलाई घटनास्थलमा पठाइयो। पुलिस अनि बम निरोधक दल पनि तत्कालै स्कूलमा पुग्यो। सतर्कतास्वरूप स्कूल परिसरको गहन जाँच गरियो अनि सुरक्षाको कड़ा बन्दोबस्त गरियो।

यसैबीच बिहान 9:36 बजे दोस्रो फोन कल लोधी रोडस्थित एयरफोर्सको बाल भारती स्कूलमा बम राखिएको सूचना प्राप्त भयो। यसबाट सुरक्षा एजेन्सीहरूको चिन्ता बढ़्यो। यहाँ पनि पुलिस, दमकल कर्मी औ अन्य जाँच एजेन्सीहरू तुरून्तै घटनास्थलमा पुगे। दुवै स्कूल परिसरको श्रेणी कक्षा, कार्यालय एवं वरपर सबैतिर नियालेर जाँच गरियो, तर कुनै संदिग्ध बस्तु भेटिएन।

पुलिस यी दुई मामिलाको जाँचमा जुटेको मात्र थियो, फेरि अपरान्ह 12 बजे तेस्रो फोन कल विधानसभामा बमराखिएको सूचनासितै प्राप्त भयो। विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताको मेलमा दिल्ली विधानसभालाई बमले उड़ाउने धम्की दिइएको थियो। विधानसभा परिसरमा पनि तत्काल सुरक्षा एजेन्सीहरूलाई अलर्ट गरियो। कर्मचारी अनि आम मानिसहरूको सुरक्षालाई ध्यानमा राखेर परिसरलाई घेराबन्दी गरी खोजी अभियान संचालन गरियो। घण्टौंसम्म चलेको जाँचपछि तीनै स्थानमा कुनै विस्फोटक सामग्री भेटिएन। पुलिसले तीनै कललाई नक्कली घोषित गरिदियो। शुरूआती जाँचमा असामाजिक तत्वहरूद्वारा अफवाह फैलाएको आशंका व्यक्त गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande