
नयाँ दिल्ली, 23 फरवरी (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले नागरिक-हितैषी पहल अन्तर्गत हराएको वा चोरी भएका 100 वटा मोबाइलहरू त्यसका असली मालिकहरूलाई फर्काइदियो। मोबाइल वितरण कार्यक्रममा मानिसहरूको मुहारमा खुसी स्पष्ट देखियो। पुलिस अधिकारीहरूले यसलाई टीमवर्क तथा तकनिकी ट्र्याकिंगको ठूलो सफलता बताए।
पुलिस मुख्यालयबाट सोमवार प्राप्त जानकारी अनुसार क्राइम ब्राञ्चको वेस्टर्न रेञ्ज, एजीएस र सेन्ट्रल रेञ्जको संयुक्त कारबाहीमा यो उपलब्धि हासिल गरियो। सम्पूर्ण कारबाही पुलिस उपायुक्त विक्रम सिंह र पुलिस उपाुक्त क्राइम-III हर्ष इन्दोराको पर्यवेक्षणमा गरिएको हो। वरिष्ठ अधिकारीहरूले टीमको समन्वित तथा दिगो प्रयासहरूको सराहना गरे। मोबाइल फोनहरूलाई प्राप्त गर्नको लागि तकनिकी सर्भिलान्स, आईएमईआई् ट्र्याकिंग, फील्ड भेरिफिकेशन औ व्यवस्थित फलो-अप गरियो।
वरिष्ठ अधिकारीहरूले भने, आम मानिसहरूलाई हराएको मोबाइल फर्काउनु उनीहरूको सम्पत्ति फर्काउनु मात्र होइन पुलिसमाथिको भरोसालाई अझ बलियो बनाउनु पनि हो। क्राइम ब्राञ्चले नागरिकहरूसित अपील गरेको छ, मोबाइल हराएको वा चोरी भएको खण्डमा तत्कालै दिल्ली पुलिसको अनलाइन पोर्टलमा सिकायत दर्ता गरियोस्, ताकि तत्काल ट्र्याकिंग गरेर त्यसलाई हासिल गर्न सम्भव हुन सकोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा