
नयाँ दिल्ली, 23 फरवरी (हि.स.)। जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) परिसरमा विद्यार्थीहरूको दुई समुहले सोमवार सबेरै आयोजित एक विरोध मार्च अवधि एका-अर्कामाथि हिंसा गरेको आरोप लगायो। जवाहरलाल नेहरू विश्वविद्यालय छात्र संघ (जेएनयूएसयू) ले निष्कासन आदेशलाई फिर्ता लिने अनि कुलपति शान्तिश्री धुलीपुडी पण्डितको राजीनामाको माग गर्दै पूर्वी गेट तर्फ 'समता जुलूस' निकाल्ने आह्वान गरेको थियो।
विद्यार्थीहरू अनुसार कथित घटना गए आइतवार अबेर राती लगभग साढ़े एक बजे भएको हो जहाँ विद्यार्थीहरूमाझ भएको कथित ढुङ्गामुड़ामा केही विद्यार्थीहरू घाइते भए।
जवाहरलाल नेहरू विश्वविद्यालयमा दुई समुहबीच भएको कथित झड़पलाई लिएर अभाविपका राज्य संयुक्त सचिव विकास पटेलले भने, जेएनयूमा कुलपतिको विरोधमा मार्च निकालिएको थियो जसमा उनलाई घेर्ने योजना बनाइएको थियो, तर उनीहरूले सम्पूर्ण मार्चलाई स्कूल अफ ल्यांगवेजेज तर्फ मोड़े जहाँ उनीहरूको विरोध प्रदर्शन पछिल्लो सात दिनदेखिको भइरहेको थियो। त्यहाँबाट उनीहरूले ती विद्यार्थीहरूलाई ठीक पार्ने योजना बनाए जो उनीहरूको विरोध प्रदर्शनमा सामेल भइरहेका थिएनन्। उनीहरूले कक्षाहरू तथा पुस्तकालयलाई बन्द गरिदिए अनि वाचनालयमा ताला लगाइदिए।
उनले भने, उनीहरूले अन्य विद्यार्थीहरूलाई विरोध प्रदर्शनमा सामेल हुनका लागि बाध्य बनाउँदा विद्यार्थीहरू नमानेका कारण उनीहरूका केही क्याडरहरूले केही विद्यार्थीहरूमाथि कुटपिट गरे। पुलिसलाई बोलाए अनि पुलिस आएपछि गार्डको सहयोगले कार्यकर्ताहरूलाई बचाउनमा सफल रहे। जेएनयू प्रशासनसित पनि सिकायत गरिनेछ, गार्ड यस्ता घटनाहरूलाई रोक्नमा असमर्थ छ। कुनै पनि काम नगरियोस् तथा पुलिस बल पर्याप्त थिएन। पुलिस यथासम्भव ठूलो संख्यामा आओस्, मानव श्रृङ्खला बनाेर हामीलाई त्यहाँबाट बचाओस्।
पीड़ित छात्र मनीषले भने, आइतवार वामपन्थीहरूद्वारा जुलूस निकालियो। त्यहाँ उपस्थित मानिसहरूले शैक्षणिक स्थलहरूलाई बन्द गर्ने चेष्टा गरे। विद्यार्थीहरूले यसको विरोध गर्दा विद्यार्थी परिषद पनि त्यहाँ आइपुग्यो अनि उनीहरूले उनीहरूमाथि कुटपिट गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा