फरिदाबादः फ्याक्ट्री अग्निकाण्डमा फेरि अर्को फायर ब्रिगेड कर्मीको मृत्यु
फरिदाबादः फ्याक्ट्री अग्निकाण्डमा फेरि अर्को फायर ब्रिगेड कर्मीको मृत्यु


फरिदाबाद, 23 फरवरी (हि.स.)। हरियाणाको फरिदाबादमा सेक्टर 24 स्थित इण्डस्ट्रियल एरियामा भएको भीषण आगलागी तथा केमिकल ड्रम ब्लास्टले सात दिनभित्रमा छः जना मानिसहरूको ज्यान लिसकेको छ। यस दुर्घटनामा घाइते फायर ब्रिगेड कर्मचारी 48 वर्षीय रणबीरको पनि गए आइतवार अबेर राति उपचारको क्रममा मृत्यु भयो। रणबीर गाउँ अटाली निवासी थिए जो आगो निभाउने क्रममा जलेर गम्भीर रूपमा घाइते भएका थिए। उनको मृत्युपछि यस घटनामा ज्यान गुमाउनेहरूको संख्या बढ़ेर 6 पुगेको छ। यो पीड़ादायी घटना गत 16 फरवरीको साँझ मुजेसर क्षेत्रस्थित शिव स्टील तथा कालकाजी लुब्रिकेन्ट केमिकल वर्कशपमा भएको थियो। आगो लागेपछि केमिकलले भरिएका ड्रमहरू एकपछि अर्को गर्दै पड़्केका थिए। यस घटनामा 35 जनााभन्दा अधिक मानिसहरू गम्भीर रूपमा घाइते भएका थिए। सबैलाई तत्कालै निजी एवं सरकारी अस्पतालहरूमा भर्ती गरिएको थियो भने गम्भीर रूपमा जलेका मानिसहरूलाई दिल्ली रेफर गरिएको छ। घटना भएको चौथो दिन वर्कशप मालिकका 25 वर्षीय छोरा अभिषेक मोंगा र कर्मचारी प्रदीपको उपचारको क्रममा मृत्यु भएको थियो भने पाँचौ दिन एकजना फायर ब्रिगेड कर्मचारी भविचन्द्रको मृत्यु भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande