खदानलाई लिएर श्रमिकहरूले शुरू गरे आन्दोलन, 75 प्रतिशत स्थानीय रोजगारको माग
खदानलाई लिएर श्रमिकहरूले शुरू गरे आन्दोलन, 75 प्रतिशत स्थानीय रोजगारको माग


पश्चिमी सिंहभूम, 23 फरवरी (हि.स.)। पश्चिमी सिंहभूम जिल्लास्थित सारण्डा क्षेत्रको रांजाबुरु खदानललाई लिएर स्थानीय ग्रामीणहरूले आन्दोलनलाई तीव्रता दिएका छन्। सोमवार बिहान लगभग 7:30 बजे दश वटा गाउँका सयकड़ौं महिला-पुरूषहरूले खदान परिसरमा पुगेर कामै बन्द गरिदिए। आन्दोलन सारण्डा विकास समिति, जामकुण्डिया-दुईयाको ब्यानरमा भइरहेको छ। ग्रामीणहरूको आरोप छ, ग्राम सभाको अनुमति तथा पारम्परिक मानकी-मुण्डा व्यवस्थाको सहमति बिनै खदानहरूलाई संचालन गर्न शुरू गरियो साथै स्थानीय युवाहरूलाई रोजगारमा प्राथमिकता पनि दिइएन।

यसपूर्व गत 21 फरवरीमा दुईया पञ्चायत भवनमा बैठक आयोजना गरिएको थियो जसको अध्यक्षता सारण्डा पीढ़का मानकी लागुड़ा देवगमले गरेका थिए। बैठकमा गंगदा पञ्चायतका मुखिया राजू शाण्डिल, विभिन्न गाउँहरूका मुण्डा, डकुआ, पञ्चायत प्रतिनिधि तथा सामाजिक कार्यकर्ताहरू उपस्थित थिए। बैठकमा सर्वसम्मतिले निर्णय लिइयो कि जबसम्म स्थानीय बेरोजगार युवाहरूले रोजगार पाउँदैनन्, तबसम्म खदानको विरोध जारी रहनेछ।

ग्रामीणहरूको भनाइ छ, रांजाबुरु खदानको संचालन स्टील अथोरिटी अफ इण्डिया लिमिटेड (सेल)- सित सम्बद्ध ठेका कम्पनीले गरिरहेको छ। तर अधिकांश श्रमिकहरू बाहिरबाट ल्याइएको छ। क्षेत्रका प्रशिक्षित चालक, अपरेटर तथा श्रमिकहरूलाई अदेखा गरिएको कारणले आक्रोश बढ़ेको छ। आन्दोलनकारीहरूले माग गरेका छन्, न्यूनतम पनि 75 प्रतिसत रोजगार स्थानीय मानिसहरूलाई दिइयोस्। हाल खदानको काम बन्द छ भने प्रशासनसित बातचित भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande