ममता र अभिषेकद्वारा मुकुल रायको निधनप्रति शोक व्यक्त
ममता र अभिषेकद्वारा मुकुल रायको निधनप्रति शोक व्यक्त


कोलकाता, 23 फरवरी (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जी र तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीले वरिष्ठ नेता मुकुल रायको निधनमा शोक व्यक्त गरेका छन्। दुवै नेताहरूले रायको निधनलाई बंगालको राजनीतिको लागि ठूलो क्षति बताएका छन्।

मुख्यमन्त्री ममता ब्यनर्जीले सोशल मीडिया प्लेटफर्म ‘एक्स’-मा लेखिन्, मुकुल रायको आक्समिक निधनले उनलाई अत्यन्त व्यथित र स्तब्ध तुल्याएको छ। मुकुर राय केही राजनीतिक संघर्षहरूमा उनका निकटवर्ती सहयोगी तथा सहयोद्धा रहे। उनको मृत्युले मलाई व्यक्तिगत रूपमा गहिरो आघात पुऱ्याएको छ।

ममताले भनिन्, तृणमूल कंग्रेसको स्थापना कालदेखि नै मुकुल रायले पार्टीलाई बलियो बनाउनको लागि निरन्तर परिश्रम गरे। उनले संगठनलाई विस्तार दिनमा महत्वपूर्ण भूमिका निर्वाह गरे। मुकुल रायले केन्द्र सरकारमा मन्त्रीको रूपमा जिम्मेवारी निभाए तथा विभिन्न राजनीतिक दलहरूमा पनि उनको स्वीकार्यता थियो। बंगालको राजनीतिमा उनको संगठनात्मक कौशल अनि योगदानलाई भुल्न सकिँदन।

मुख्यमन्त्रीले शोक सन्तप्त परिवारप्रति आफ्नो संवेदना व्यक्त गर्दै मुकुल राका छोरा शुभ्रांशु रायलाई धैर्य राख्ने अपील गरिन् साथै आश्वासन दिइन्, यस कठिन घड़ीमा पार्टी उनको साथमा छ।

यसरी नै अभिषेक ब्यनर्जीले आफ्नो शोक सन्देशमा भने, मुकुल रायको निधन बंगालको राजनीतिक इतिहासमा “एक युगको अन्त” हो। अभिषेकले उनलाई व्यापक अनुभव भएको वरिष्ठ नेताको संज्ञा दिँदै भने, राज्यको सार्वजनिक तथा राजनीतिक जीवनको एक महत्वपूर्ण युगलाई आकार दिनमा उनको योगदान निर्णायक रह्यो।

उनले भने, अखिल भारतीय तृणमूल कंग्रेसका संस्थापक स्तम्भको रूपमा मुकुल रायले संगठन विस्तार औ सुदृढ़ीकरणमा अहम भूमिका निभाए। सार्वजनिक जीवनप्रति उनको निष्ठालाई सदैव सम्मानको साथमा स्मरण गरिनेछ।

अभिषेक ब्यनर्जीले मुकुल रायको परिवारजन, मित्रगण औ समर्थकहरूप्रति संवेदना व्यक्त गर्दै दिवंगंत नेताको आत्माको शान्तिको लागि प्रार्थना गरे।

वरिष्ठ नेता मुकुल रायको गए आइतवार अबेर राती निधन भयो। उनले 71 वर्षको उमेरेमा यस संसारलाई त्यागे। पछिल्लो लामो समयदेखिकै उनी किडनी सहित अन्य गम्भीर शारीरिक समस्याहरूसित जुझिरहेका थिए।

-

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande