ममता ब्यानर्जीले विश्वविख्यात जादुगर पीसी सरकारलाई जयन्तीमा श्रद्धाञ्जली दिइन्
ममता ब्यानर्जीले विश्वविख्यात जादुगर पीसी सरकारलाई जयन्तीमा श्रद्धाञ्जली दिइन्


कोलकाता, 23 फरवरी (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार सोशल मीडिया एक्स ह्याण्डलमा विश्वविख्यात जादुगर पी. सी. सरकार (सीनियर)- को जयन्तीको अवसरमा उनलाई विनम्र श्रद्धाञ्जली अर्पण गरिन्।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनिन्, पी. सी. सरकार (सीनियर) भारतीय जादु कलाका यस्ता महान हस्ति थिए जसले आफ्नो असाधारम प्रतिभा तथा रचनात्मक प्रयोगहरूको माध्यमबाट देश मात्र नभई अन्तरराष्ट्रिय मञ्चमा समेत भारतको पहिचान स्थापित गरे। उनको जादु प्रस्तुतिहरूले लाखौं दर्शकहरूलाई मन्त्रमुग्ध पारे भने भारतीय सांस्कृतिक धरोहरलाई समृद्ध तुल्याए।

ममता ब्यनर्जीले भनिन्, पी. सी. सरकार (सीनियर) को योगदान मनोरञ्जनसम्म मात्र सीमित रहेन जबकि उनले जादुलाई एक सम्मानजनक कलाको रूपमा पनि स्थापित गरे। उनका नवाचार, अनुशासन औ समर्पणले भाविष्यका कलाकारहरूलाई प्रेरणा दिनेछ।

मुख्यमन्त्रीले अझ भनिन्, यस्ता महान कलाकार युगौंसम्म स्मरणीय रहन्छन्। जयन्तीको अवसरमा उनले पी. सी. सरकार (सीनियर) प्रति गहिरो श्रद्धा व्यक्त गर्दै भनिन्, उनको स्मृति र कृतित्व सदैव अमर रहनेछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande