पार्कमा 17 वर्षीय नाबालिकको चक्कु रोपी हत्या, चारजना नाबालिकहरू हिरासतमा
पार्कमा 17 वर्षीय नाबालिकको चक्कु रोपी हत्या, चारजना नाबालिकहरू हिरासतमा


नयाँ दिल्ली, 23 फ़रवरी (हि.स.)। बाहिरी दिल्लीको मंगोलपुरी थाना क्षेत्रमा गए आइतवार साँझ एकजना 17 वर्षीय किशोरको चक्कु रोपी हत्या गरियो। घटना पुलिस बूथदेखि लगभग 30 मीटर टाड़ा अवस्थित एक पार्कमा भएको हो। पुलिसानुसार किशोर केही दिनअघि बिहारबाट दिल्ली आएको थियो र यहाँ आफ्नो दाज्युसित बस्दै आइरहेको थियो। गए आइतवार अबेर साँझ किशोर पार्कमा गएको थियो जहाँ पहिलाबाटै बसेका चारजना नाबालिकहरूले उसलाई सिगरेट मागे। सिगरेट दिन अस्वीकार गर्दा आरोपीहरूले उमाथि चक्कुले प्रहार गरे। घाइते किशोरलाई तुरूनन्तै सञ्जय गान्धी मेमोरियल अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिे। सूचना पाउनसाथ घटनास्थलमा पुगेर पुलिसले जाँच शुरू गऱ्यो। पुलिसले चारैजना आरोपी नाबालिकहरूलाई हिरासतमा लिएर घटनामा प्रयोग गरिएको चक्कुलाई जफत गऱ्यो। हाल सम्पूर्ण मामिलाको जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande