मणिपुरः उग्रवादी संगठन आरपीएफ/पीएलएका क्याडर पक्राउ
मणिपुरः उग्रवादी संगठन आरपीएफ/पीएलएका क्याडर पक्राउ


इम्फाल, 23 फरवरी (हि.स.)। मणिपुरमा उग्रवादीहरूविरूद्ध पुलिसको कारबाही जारी छ भने अर्कोतिर मादक पदार्थ, सड़कमा वाहनहरूको सुरक्षित आवागमन तथा नियमहरूको उल्लंघन गर्ने वाहनहरूविरूद्ध पनि कारबाही जारी छ। पुलिस एवं सुरक्षा बलहरूको एक संयुक्त अभियानमा आरपीएफ/पीएलएका एकजना क्याडरलाई पक्राउ गरिएको छ।

मणिपुर पुलिस मुख्यालयद्वारा आज सेबेरै साझा गरिएको जानकारी अनुसार सुरक्षा बलहरूले धन आर्जनमा लिप्त उग्रवादी संगठन आरपीएफ/पीएलएका एकजना सक्रिय क्याडरलाई आइतवार पक्राउ गरे जसको पहिचान खुंडोम मोमोचा मैतेई उपमान याइफाबा (31)-को रूपमा भएको छ जसलाई इम्फाल इस्ट जिल्लाको लामलाई थाना अन्तर्गत योरबुंग खुनौस्थित उसको घरबाट पक्राउ गरिएको हो। उबाट एउटा मोबाइल फोन जफत गरिएको छ।

यसरी नै मणिपुर पुलिसले थौबल जिल्लाको लिलोंग थाना अन्तर्गत लिलोंग थारोरोकका मो. अनश (29)-लाई उसको घरबाट कोडिन फस्फेट सिरपको 730 बोतलसितै पक्राउ गऱ्यो। यस मामिलामा अग्रिम कारबाही भइरहेको छ।

यसबीच मणिपुर पुलिसले मोटर व्हीकल अपराधहरूलाई रोक्नको लागि आफ्नो अभियानलाई जारी राखेको छ। पुलिसद्वारा बताइएको छ, बितेको 16 फरवरीदेखि 22 फरवरीसम्म मणिपुर पुलिसले मोटर व्हीकल अपराधीहरूलाई 105 चलान जारी गऱ्यो जसको मोठ धनराशि 1 लाख 80 हजार रुपियाँ थियो। जबकि 15-देखि 21 फरवरीभित्रमा 12 वटा वाहनहरूबाट टिन्टेड फिल्मलाई हटाइयो।

सुरक्षा बलले जिल्लाका बाहिरी एवं संवेदनशील क्षेत्रहरूमा खोजी अभियान तथा एरिया डोमिनेशनलाई जारी राखेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande