जीआरपीको तत्परतामा बेपत्ता भएकी मुर्शिदाबादकी नाबालिकालाई सुरक्षित उद्धार गरियो
जीआरपीको तत्परतामा बेपत्ता भएकी मुर्शिदाबादकी नाबालिकालाई सुरक्षित उद्धार गरियो


काटवा, 23 फरवरी (हि.स.)। रेलवे पुलिस (जीआरपी) को सतर्कताको फलस्वरूप मुर्शिदाबाद जिल्लाबाट बेपत्ता भएकी एकजना नाबालिकालाई सुरक्षित उद्धार गरी उसको परिवारजनलाई सुम्पिइयो। घटना हावड़ा जीआरपी अन्तर्गत कटवा रेलवे स्टेशनमा भएको हो।

सोमवार जीआरपीको पक्षबाट बताइयो, मुर्शिदाबाद जिल्ला अन्तर्गत शक्तिपुर थानाबाट सूचना प्राप्त भएको थियो, एकजना 13 वर्षीया नाबालिका बेपत्ता भएकी छे। सूचना पाउनसाथ जीआरपीले आफ्ना सबै सम्बन्धित पोस्टहरूलाई अलर्ट गऱ्यो अनि नाबालिकालाई खोज्न शुरू गऱ्यो। खोजी अभियान अवधि गए आइतवार जीआरपीको एक टीमले काटवा जीआरपी थाना क्षेत्रको प्लेटफर्म नम्बर-(दो) मा एकजना नाबालिकालाई संदिग्ध अवस्थामा देख्यो। टीमको नेतृत्व सहायक उपनिरीक्षक रामजान अलीले गरिरहेका थिए जोसित महिला कन्स्टेबल नीलाञ्जना प्रणामिक पनि उपस्थित थिइन्।

शक्तिपुर थानाद्वारा उपलब्ध गराइएको विवरण र तस्वीरबाट नाबालिकाको पहिचान पुष्टि भेपछि उसलाई सुरक्षित रूपमा काटवा जीआरपी थानामा लगियो अनि चाइल्ड फ्रेण्डली कर्नरमा सुरक्षित अभिरक्षामा राखियो। जाँचबुझमा नाबालिकाले आफ्नो पहिचान खोलाइन् जुन उपलब्ध जानकारीसित पूर्ण रूपमा मेल खान्थ्यो।

पछि काटवा जीआरपीबाट सूचना पाएपछि शक्तिपुर थानाका पुलिस अधिकारीहरू नाबालिकाका अभिभावकसितै घटनास्थलमा पुगे। सबै कानूनी औपचारिकताहरू पूरा गरेपछि नाबालिकालाई सकुशल उसको परिवारजनलाई सुम्पिइयो। पुलिसले भन्यो, तत्काल कारबाही तथा समन्वयको कारणले एकजना नाबालिकालाई सुरक्षित उसको घरमा पठाउन सकियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande