नरेला इण्डस्ट्रियल एरियामा फ्याक्ट्री मालिकको हत्याको खुलासा, एक नाबालिकसितै तीनजना समातिए
नरेला इण्डस्ट्रियल एरियामा फ्याक्ट्री मालिकको हत्याको खुलासा, एक नाबालिकसितै तीनजना समातिए


नयाँ दिल्ली, 23 फरवरी (हि.स.)। बाहिरी उत्तरी जिल्ला पुलिसले नरेला इण्डस्ट्रियल एरियामा एकजना 28 वर्षीय फ्याक्ट्री मालिकको चक्कु रोपी गरिएको हत्या मामिलाको खुलासा गर्द एकजना नाबालिक सहित तीनजना आरोपीहरूलाई पक्राउ गरेको छ। घटनामा उपयोग गरिएको चक्कु, स्प्लेण्डर बाइक र घटनालाई परिणाम दिने क्रममा लगाएको कपड़ा पनि जफत गरिएको छ। अन्य भगौड़ा आरोपीहरूको खोजीमा पुलिस जुटिसकेको छ।

बाहिरी उत्तरी जिल्लाका पुलिस उपायुक्त हरेश्वर स्वामीले सोमवार बताए, गत 20 फरवरीको राती लगभग 8:30 बजे गौतम कलोनी निवासी रवि (28) आफ्नो फ्याक्ट्री ‘चौधरी एन्टरप्राइजेज’ (डीएसआईआईडीसी), नरेलादेखि मोटरसाइकलमा सवार भएर घर फर्किरहेका थिए। यसै अवधि केही आक्रमणकारीहरूले उनलाई बाटोमा रोकेर गर्दन, काँध र पिठ्युँमा हमला गरे। उनलाई ग म्भीर अवस्थामा नरेलाको अस्पतालमा लगियो जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिे। मृतकका दाज्यु रणवीर सिंहको सिकायतमा थाना नरेला इण्डस्ट्रियल एरियामा एफआईआर संख्या 85/26 भारतीय न्याय संहिताको धारा 103(1)/3(5) अन्तर्गत दर्ता गरियो।

घटनाको जाँच गर्ने क्रममा पुलिसलाई थाहा लाग्यो, गत 19 फरवरीको दिन रवि तथा फ्याक्ट्रीमा काम गर्ने श्रमिक राहिद उपनाम राहिलबीच कामलाई लिएर विवाद भएको थियो। आरोप छ, विवाद हुँदा राहिदलाई रविले थप्पड़ हानेका थिए। यसै अपमानको प्रतिशोध लिनको लागि राहिदले आफ्ना साथीहरूसित मिलेर हत्या गर्ने षड़यन्त्र रच्यो।

पुलिस उपायुक्त अनुसार 22 फरवरीको दिन पुलिसले गुप्त सूचनाको आधारमा मेट्रो विहार फेज-2, होलम्बी कलाँ निवासी अभय उपनाम हनुमान (19), रितिक (18) र एकजना किशोरलाई समात्यो। यिनीहरूको कब्जाबाट हत्यामा प्रयुक्त चक्कु, स्पेण्डर बाइक र रगत लागेको कपड़ा जफत गऱ्यो पुलिस अनुसार मामिलाका अन्य आरोपीहरूलाई चिन्हित गरिसकिएको छ जसलाई पक्राउ गर्नको लागि छापामारी गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande