मुख्यमन्त्रीले टाशीडिङका ज्येष्ठ नागरिक धन बहादुर छेत्रीसंग शिष्टाचार भेट गरे
PS tamang


गान्तोक, 23 फरवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आफ्नो सरकारी निवास मिन्तोकगाङमा टाशीडिङका बासिन्दा तथा समाजका एक सम्मानित ज्येष्ठ नागरिक धन बहादुर छेत्रीसंग शिष्टाचार भेट गरे। उक्त जानकारी मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।

मुख्यमन्त्री तामाङले टाशीडिङका बासिन्दा तथा समाजका एक सम्मानित ज्येष्ठ नागरिक धन बहादुर छेत्रीसंग भेट्न पाउँदा अत्यन्त हर्षित बनेको बताएका छन्। भेटघाटका क्रममा उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र उनको आशीर्वाद ग्रहण गर्ने सौभाग्य पनि मिलेको मुख्यमन्त्रीले उल्लेख गरेका छन्।मुख्यमन्त्रीले छेत्रीसँग केही समय बिताउँदै उनका अनुभव र जीवनज्ञान सुन्न पाउँदा मन अत्यन्तै प्रेरित बनेको बताएका छन्। मुख्यमन्त्रीले भने, 'उनका विचार र अनुभवले हाम्रो समाजका समृद्ध मूल्य, परम्परा र अटल आत्मबललाई झल्काउँछ।'

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande