
नयाँ दिल्ली, 23 फरवरी (हि.स.)। राजधानी दिल्लीको बाहिरी उत्तरी जिल्लाको शाहबाद डेयरी क्षेत्रमा सोमवार एकजना युवकमाथि गोली दागिएको मामिला प्रकाशमा आएको छ। गम्भीर रूपमा घाइते युवकलाई अस्पतालमा भर्ती गरिएको छ। पुलिसले मामिला दर्ता गरी हमलाकारीहरूलाई खोज्न शुरू गरेको छ।
बाहिरी उत्तरी जिल्लाका पुलिस उपायुक्त हरेश्वर स्वामी अनुसार थाना शाहबाद डेयरी पुलिसलाई अस्पतालबाट सूचना प्राप्त भयो कि एकजना मानिसहरूलाई गोली लागेको कारणले गम्भीर अवस्थामा भर्ती गरिएको छ। सूचना पाउनसाथ पुलिस टीम अस्पतालमा पुग्यो जहाँ पुग्दा घाइतेलाई प्राथमिक उपचार गरेपछि अर्को अस्पतालमा रेफर गरिएको थाहा लाग्यो। घाइतेको पहिचान 36 वर्षीय राजेश पासवानको रूपमा भएको छ। शाहबाद डेयरीमा बसोबास गर्दै आएका पासवानले ई-रिक्शा चलाएर आफ्नो परिवार धान्दै आएका छन्।
मेडिकल लीगल केस (एमएलसी) अनुसार शाहबाद डेयरीस्थित अखाड़ा निकट उसलाई गोली दागियो। गोली उसको अनुहारको दाहिने भागमा लागेको छ। हाल उसको उपचार भइरहेको छ। पुलिस मुताविक प्रारम्भिक जाँचमा भारतीय न्याय संहिताको धारा 109(1) र आर्म्स एक्टको धारा 25/27 अन्तर्गत मुद्दा दर्ता ग रिएको छ। घटनास्थलमा सीसीटीभी क्यामरा जड़ान गरिएको थिएन न त पुलिसले कुनै प्रत्यक्षदर्शी नै भेट्यो। तथापि पुलिसले वरपरका मार्गहरूको सीसीटीभी फुटेज जाँच गरी आरोपीहरूलाई चिन्हित गर्न जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा