
कोलकाता, 23 फरवरी (हि.स.)। पूर्व केन्द्रिय मन्त्री मुकुल रायको निधनमा भाजपाका पूर्व प्रदेश अध्यक्ष डा. सुकान्त मजुमदार एवं विपक्षका नेता शुभेन्दु अधिकारीले सोमवार श्रद्धाञ्जली अर्पण गरेका छन्। उनीहरूले मुकुल रायको तस्वीरसितै एक्स ह्याण्डलमा पोस्ट गरेका छन्।
सुकान्त मजुमदारले लेखे, म भारत सरकारका पूर्व मन्त्री, अनुभवी नेता मुकुल रायको निधनबाट अत्यन्त दुःखी भएको छु। म दयालु भगवानसित उनको दिवंगत आत्मा शान्तिको लागि प्रार्थना गर्छु अनि दुःखी परिवारप्रति आफ्नो गहिरो संवेदना व्यक्त गर्दछु।
अर्कोतिर शुभेन्दु अधिकारीले लेखे, अनुभवी नेता श्री मुकुल रायको दुःखद निधनबाट अत्यन्त दुःखी छु। उनको परिवारप्रति मेरो हार्दिक संवेदना। म उनको आत्मा शान्तिको लागि प्रार्थना गर्छु। ओम शांति!
बताइन्छ, वरिष्ठ नेता मुकुल रायको गए आइतवार अबेर राती निधन भयो। उनले 71 वर्षको उमेरमा अन्तिम सास लिए। लामा समयदेखिकै उनी किडनी सहित केही गम्भीर शारीरिक समस्याहरूसित जुझिरहेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा