परीक्षा दिन गइरहेका छात्रको सड़क दुर्घटनामा मृत्यु, मानिसहरूले गरे पथावरोध
परीक्षा दिन गइरहेका छात्रको सड़क दुर्घटनामा मृत्यु, मानिसहरूले गरे पथावरोध


बाँकुड़ा, 23 फरवरी (हि.स.)। सोमवार बिहान परीक्षा दिन गइरहेका एकजना छात्रको सड़क दुर्घटनामा परी मृत्यु भयो। यो घटना विष्णुपुर-आरामबाग स्टेट हाइवेमा दुई नम्बर राजशोल चौरस्ता निकट भएको हो।

पुलिस सूत्र अनुसार मृतकको पहिचान ज्वेल शेखको रूपमा भएको छ जो बाँकुड़ा जिल्लाको विक्रमपुर निवासी थिए। जुजुर हाई स्कूलका छात्र ज्वेलको परीक्षा केन्द्र राजग्राम हाई स्कूलमा परेको थियो। सोमवार बिहान तिनी बाइक मार्फत परीक्षा दिन गइरहेका थिए।

स्कूलका एकजना शिक्षकले बताए, बाटोमा बिजुलीको खम्बाहरू लादिएको एउटा सानो वाहनले उसको बाइकलाई ठक्कर दियो। यस भयानक ठक्करमा ज्वेल गम्भीर रूपमा घाइते भयो जसलाई तत्कालै मानिसहरूक सहयोगमा जयपुर ब्लक प्राइमरी हेल्थ सेन्टरमा लगियो जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।

घटनाको खबर फैलिनसाथ क्षेत्रमा गहिरो शोक व्याप्त भयो। आक्रोशित स्थानीय मानिसहरूले उक्त घटनाको विरोध गर्दै स्टेट हाइवेलाई जाम गरी प्रदर्शन गरे। सूचना पाउनसाथ घटनास्थलमा पुगेर पुलिसले वाहनलाई कब्जामा लियो। पुलिस मामिलाको जाँचमा जुटिसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande