
कोलकाता, 23 फ़रवरी (हि.स.)। पश्चिम बंगालमा नाका चेकिंगको नाममा वाहनहरूलाई रोकेर अवैध असुली गरिएको आरोप लगाउँदै राज्य विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले राज्य सरकार अनि प्रशासनमाथि तीव्र हमला गरेका छन्। उनले भने, यो व्यवस्थाले अब “प्रतिष्ठानिक भ्रष्टाचार” को रूप लिसकेको छ। पैसा दिन अस्वीकार गर्दा चालकहरूविरूद्ध झुटो मामिला दर्ता गरिन्छ वा उनीहरूमाथि कुटपिट वा उत्पीड़न गरिन्छ।
शुभेन्दु अधिकारीले सोमवार सोशल मीडिया मञ्च एक्समा एउटा भीडियो साझा गर्दै दाबी गरे, पुलिससित मिलेर एक वर्गको सिभिक भोलन्टियर वा होमगार्ड यस किसिमको गतिविधिमा सामेल छ। उनले आरोप लगाए, यिनीहरू ट्रक ड्राइ तथा खलासीहरूलाई कुटपिट गर्न समेत पछि पर्दनन् जबकि कानूनले उनीहरूलाई यस्तो गर्ने कुनै अधिकार दिएको छैन।
आफ्नो पोस्टमा शुभेन्दुले एउटा भीडियो साझा गरेका छन् जसमा कथित रूपमा एकजना सिभिक भेलन्टियर वा होमगार्डले अकारण ट्रक चालकलाई लौरोले प्रहार गरेको देखिएको छ। अधिकारीले भने, यदि कुनै चालकले कानून उल्लंघन गरेको छ भने सम्बन्धित चालकविरूद्ध वैधानिक कारबाही गर्न सकिन्छ, तर कुनै पनि परिस्थितिमा यस किसिमको हिंसालाई भारतीय कानूनले अनुमति दिँदैन।
उनले प्रशासनसित माग गरे, सम्बन्धित सिभिक भोलन्टियर वा होमगार्डलाई तत्काल चिन्हित गरी कड़ा कानूनी तथा दण्डात्मक कारबाही गरियोस्। तथापि उनले आरोप लगाए, सरकार अनि प्रशासनको “मौन सहमति”- को कारणले यस किसिमक घटना लगातार भइरहेको छ।
शुभेन्दु अधिकारीले आफ्नो बयानमा भने, राज्यको वर्तमान स्थितिमा परिवर्तन आउन अति आवश्यक छ र यसको लागि सरकार नै परिवर्तन गर्नुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा