कोलकातामा मौसम सामान्य
कोलकातामा मौसम सामान्य


कोलकाता, 23 फरवरी (हि.स.)। कोलकाता एवं यस वरपरका क्षेत्रहरूमा आगामी 24 घण्टाको अवधिसम्म मौसम मुख्यतः सफा रहनेछ। तथापि अपरान्ह अनि साँझ आंशिक रूपमा बादल लाग्ने सम्भावना छ।

मौसम विभाग अनुसार सोमवार अधिकतम तापमान लगभग 31 डिग्री सेल्सियस तथा न्यूनतम तापमान लगभग 22 डिग्री सेल्सियस रहने अनुमान छ।

अलिपुरस्थित मौसम केन्द्रबाट प्राप्त आँकड़ा मुताविक गएको 24 घण्टामा अधिकतम तापमान 31.2 डिग्री सेल्सियस र न्यूनतम तापमान 20.4 डिग्री सेल्सियस दर्ता गरियो भने अधिकतम सापेक्ष आद्रता 80 प्रतिशत र न्यूनतम 41 प्रतिशत रह्यो। क्षेत्रमा बितेको 24 घण्टामा कुनै वर्षा दर्ता गरिएको छैन।

मौसम विभागले उप-हिमालयी पश्चिम बंगाल औ सिक्किमको लागि जारी पूर्वानुमानमा बतायो, सिक्किमका एक दुई स्थानहरूमा हल्का वर्षा अथवा हिमपात हुने सम्भावना छ। दार्जीलिङ, कालेबुङ र जलपाईगुड़ी जिल्लामा पनि एक दुई स्थानमा सामान्य वर्षा वा मेघ गर्जनसितै वर्षा हुनसक्छ। उप हिमालयी पश्चिम बंगालका अन्य जिल्लाहरूमा मौसम मुख्यतः शुष्क रहने सम्भावना व्यक्त गरिएको छ।

विभागले स्पष्ट पारेको छ, हाल मौसम सम्बन्धि कुनै चेताउनी जारी गरिएको छैन। साथै आगामी दिनमा मौसमको स्थितिमा अल्प परिवर्तन आउने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande