जीटीए प्रमुख अनित थापाद्वारा खरसाङको अम्बटेमा निर्माणाधीन अस्पतालको निरीक्षण
जीटीए प्रमुख अनित थापाद्वारा खरसाङको अम्बटेमा निर्माणाधीन अस्पतालको निरीक्षण


खरसाङ, 23 फरवरी (हि.स.)। खरसाङको अम्बटे चिया कमानमा अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। यस अस्पतालको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले आज निरीक्षण गरे। यसावधि उनीसॅंग भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय महासचिव अमर लामा लगायत अन्य पदाधिकारीहरु र विभागीय अधिकारीहरु पनि उपस्थित रहेका थिए।

अस्पतालको निरीक्षणपछि पत्रकारहरुलाई सम्बोधन गर्दै जीटीए प्रमुख अनित थापाले भने, 'अम्बटेमा निर्माण भइरहेको अस्पतालमा डाक्टर र नर्सहरूले आफ्नो कार्य शुरु गरिसकेका छन्। यस अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। राज्यको श्रम मन्त्रालयबाट मन्त्रीले फण्ड पारित गरेपछि अम्बटेमा अस्पताल निर्माण भइरहेको जानकारी गराउॅंदै उनले अन्य ठाउॅंहरूमा पनि यस्तै अस्पताल निर्माण भइरहेको अवगत गराए।

उनले भने, चियाबारी क्षेत्रमा आपतकालीन चिकित्सा सेवा आवश्यक छ। अम्बटे ठूलो क्षेत्र भएकाले यहाँ अस्पताल बनिनु आवश्यक थियो। यहाँ राम्रो अस्पताल बनेको छ। उनले अझ भने, चियाबारी क्षेत्रमा चिकित्सा सेवा सबैतिर हुने गर्दथ्यो, तर अहिले प्रायः ठप्प रहेको छ। चियाबारी क्षेत्रमा अस्पताल निर्माणको काम पनि भइरहेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande