
खरसाङ, 23 फरवरी (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टाउन कमिटी खरसाङको मूल सचिव बिरबल पाख्रीन, नगरपालिका क्षेत्रकी चुनाउ प्रभारी तथा महकुमा नारी शक्ति सभापति सबिता कार्की, खरसाङ टाउन कमिटी नारी शक्ति सभापति देवकी प्रधान सुब्बा अनि 28 नम्बर समष्टि नारी शक्ति सभापति सुष्मा मुखियाको अगुवाईमा एक टोलीले आज खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङ र उपाध्यक्ष सुवास प्रधानलाई एक ज्ञापन पत्र बुझाएको छ।
उक्त ज्ञापन पत्रमा नगरपालिका अन्तर्गत विभिन्न वार्डमा स्ट्रिट लाइट र पिउने पानीको समस्या विषयमा उठान गरिएको छ। नगरपालिका अध्यक्ष र उपाध्यक्षले जनताका गुनासो ध्यानपूर्वक सुनेपछि विभागीय अधिकारीहरूको सभा बोलाएर यस विषयमा चॉंडोभन्दा चॉंडो पहल गर्ने वचन दिएको सचिव बीरबल पाख्रीन र सभापति सबिता कार्कीले जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक