
नोएडा, 23 फरवरी (हि.स.)। नोएडा थाना फेस थ्री क्षेत्रको मामुरा गाउँकी एकजना युवतीले गए आइतवार प्रेम प्रसंगको कारणले फाँसी लगाएर आत्महत्या गरिन्। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले मामिलाको जाँच गरिरहेको छ।
थाना प्रभारी पुनीत कुमारले सोमवार बताए, ग्राम मामुरा निवासी विनोद कुमारकी पुत्री अंशिता तिवारीले गए आइतवार राती फाँसी लगाएर आत्महत्या गरिन्। बिहान परिवारजनबाट जानकारी पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिएर जाँच शुरू गऱ्यो। प्रारम्भिक जाँचबुझमा थाहा लागे अनुसार युवतीको एकजना युवकसित प्रेम प्रसंग चलिरहेको थियो जसले गर्दा उसले आत्महत्या गरेकी हुन्। शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर मामिलाको जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा