पद्मश्री किपु छिरिङ लेप्चालाई प्रतिष्ठित 'सिक्किम गौरव सम्मान 2026' ले अभिनन्दित गरिने
पद्मश्री किपु छिरिङ लेप्चालाई प्रतिष्ठित 'सिक्किम गौरव सम्मान 2026' ले अभिनन्दित गरिने


गान्तोक, 23 फरवरी (हि.स.)। अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघले आगामी 26 फरवरीका दिन रम्फू खेल मैदानमा आयोजना गर्ने आफ्नो ३१औं स्थापना दिवस समारोहमा ह्युमन डेभलपमेन्ट फाउण्डेशन अफ् सिक्किमकी संस्थापक पद्मश्रीले सम्मानित किपु छिरिङ लेप्चालाई प्रतिष्ठित 'सिक्किम गौरव सम्मान 2026' ले अभिनन्दित गर्ने भएको छ। यो सम्मान मानव विकास, सामाजिक उत्थान र सिक्किमका जनताप्रति उनको दशकौंको समर्पित सेवामा उत्कृष्ट योगदानको सम्मानमा प्रदान गरिने बताइएको छ।

खस संघले राज्यमा शिक्षा, सशक्तिकरण र सामुदायिक विकासमा उल्लेखनीय प्रभाव पार्ने व्यक्तित्वलाई सम्मान गर्नु अत्यन्तै गर्व र सम्मानको कुरा भएको बताएको छ। संघको ३१औं स्थापना दिवस समारोहमा सिक्किमभरिका प्रतिष्ठित व्यक्तिहरू, समुदायका सदस्यहरू र जनताको उपस्थिति रहने अपेक्षा गरिएको छ।

खस संघले पद्मश्रीले सम्मानित किपु छिरिङ लेप्चालाई समाजप्रति उनको अनुकरणीय सेवा र योगदानको लागि उच्च सम्मान र हार्दिक प्रशंसा व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande