
गान्तोक, 23 फरवरी (हि.स.)। आगामी 26 देखि 28 अप्रेल, 2026 मा आयोजना हुने 'सिक्किम कला एवं साहित्य महोत्सव' लाई लिएर आज शिक्षा विभाग अन्तर्गत विद्यार्थी कल्याण बोर्डले एक तयारी बैठक आयाजन गऱ्यो। यो महोत्सव विश्वव्यापी रूपमा प्रशंसित जयपुर साहित्य महोत्सवका निर्माता एवं संस्थापक टिमवर्क आर्ट्स प्रालिसँगको सहकार्यमा आयोजना गरिने जानकारी गराइएको छ।
विधायक आदित्य गोलेले अध्यक्षता गरेको यस बैठकमा शिक्षा विभागका अतिरिक्त मुख्य सचिव सीएस राव, आबकारी विभागकी सचिव यस्से योङ्गदा, पर्यटन विभागकी सचिव होण्डाला ग्याल्छेन, गान्तोकका जिल्लापाल तुषार जी. निखारे, एडीसी सिसुम भोटिया, मुख्यमन्त्रीका एपीएस छिरिङ वाङ्चुक लेप्चा, विद्यार्थी कल्याण बोर्डका अध्यक्ष सोनाम छोपेल शेर्पा तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
आयोजक टोलीसँगको पहिलो समन्वय बैठकमा प्रारम्भिक योजना, सहयोगी रणनीतिहरू र सिक्किमका युवाहरूका लागि यस उत्सवलाई एक महत्वपूर्ण सांस्कृतिक र साहित्यिक मञ्चको रूपमा स्थापित गर्ने व्यापक दृष्टिकोणमा छलफल भएको बताइएको छ। यस क्रममा समावेशीता, विद्यार्थी संलग्नता तथा स्थानीय कला, साहित्य र बौद्धिक बहसको प्रवर्द्धनमा जोड दिइयो।
हिन्दुस्थान समाचार / बिशाल