सोनादामा भागोप्रमोको चुनावी सभा तथा बुथ कमिटी गठनार्थ सभा सम्पन्न
सोनादामा भागोप्रमोको चुनावी सभा तथा बुथ कमिटी गठनार्थ सभा सम्पन्न


सोनादा, 23 फरवरी (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सोनादा पार्टी कार्यालयमा आज नारी शक्ति केन्द्रिय अध्यक्षा अनु प्रधान, नारी शक्ति खरसाङ महकुमा समितिकी सचिव जैतुन निशा खातुन तथा मैया थकुरी केन्द्रिय समिति सदस्याको उपस्थितिमा सोनादाको 24/11 बुथको चुनावी सभा तथा बुथ गठनार्थ सभा सम्पन्न भयो। सभाको अध्यक्षता एनआर भोटियाले गरेका थिए।

सभामा सोनाम लामा, बैजन्ती लामा, जैतुन निशा खातुन, बिमल तथा एनआर भोटियाले आफ्ना विचारहरू व्यक्त गरेका थिए। सभा उत्साहपूर्ण तथा सकरात्मक वातावरणमा सफलतापूर्वक सम्पन्न भएको बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande