मणिपुरमा उग्रवादी संगठनको क्याडर पक्राउ, 50 राउण्ड गोली जफत
मणिपुरमा उग्रवादी संगठनको क्याडर पक्राउ, 50 राउण्ड गोली जफत


इम्फाल, 24 फरवरी (हि.स.)। मणिपुरमा उग्रवादीहरूविरूद्ध पुलिस तथा सुरक्षा बलहरूद्वारा संचालित अभियानमा उग्रवादी संगठन केसीपी (एमएफएल)- का एक जना सक्रिय क्याडरलाई पक्राउ गरिएको छ।

मणिपुर पुलिसले मंगलवार बतायो, बितेको सोमवार इम्फाल इस्ट जिल्लाको लमलई थाना अन्तर्गत लमलई मामांग लाईकाई समु लांबेलबाट 55 वर्षीय खैदेम जोयचन्द्र मैतेई उपनाम इनाओचालाई पक्राउ गरियो। आरोपीको कब्जाबाट पुलिसले 50 राउण्ड एके सीरिजको जिउँदो कारतूस जफत गरेको छ। आरोपी इम्फाल इस्ट जिल्लाको लमलई मयाई लाईकाईका निवासी रहेको बताइएको छ। पुलिसले बतायो, यस मामिलामा कानूनी कारबाही भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande