
कोलकाता, 24 फरवरी (हि.स.)। पश्चिम बंगालमा आर्टिफिशियल इन्टेलिजेन्स (एआई)- को मद्दतले जाली मतदाता परिचय पत्र (भोटर आईडी) बनाएर जमा गरिएको एक गम्भीर मामिला सामू आएको छ। यो मामिला उत्तर 24 परगना जिल्लाको भांगर विधानसभा क्षेत्र (एसी–148)- मा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) चरण अवधि नियमित जाँचमा उजागार भएको हो।
प्राप्त जानकारी अनुसार मतदाता जन्नातुन मोल्लाले आफ्ना पिता हासेम मोल्लासित सम्बन्ध प्रमाणित गर्नका लागि एक एआई-जनरेटेड भोटर आईडी कार्ड प्रस्तुत गरेका थिए। यो दस्तावेज़ सम्बन्ध स्थापित गर्नुको एकमात्र प्रमाण थियो। अचम्भको कुरा यहाँ के देखियो भने प्रारम्भिक स्तरमा यस जाली दस्तावेजलाई स्वीकार गरियो भने कतिपय चुनाउ अधिकारीहरूले जाँचमा यसलाई “फाउण्ड ओके”-सम्म चिन्हित गरिदिए।
पछि जाँचमा स्पष्ट भयो कि भोटर आईडी कार्डमा अंकित ईपीआईसी नम्बर पूर्ण रूपले जाली हो। साथै कार्डमा “एआई जेनरेटेड”- को वाटरमार्क पनि रहेको थियो जसबाट यसलाई कृतिम रूपले तयार गरिएको पुष्टि भयो।
यस घटनालाई लिएर भारतीय जनता पार्टी (भाजपा)- का आईटी सेल प्रमुख अमित मालवीयले गए सोमवार राति सोशल मीडिया मञ्च ‘एक्स’-मा घटना साझा गर्दै राज्यको चुनावी व्यवस्थामाथि प्रश्न उठाए। उनले व्यंग्यात्मक टिप्पणी गर्दै भने, यो हो कुख्यात डायमण्ड हार्बर मोडल।
अमित मालवीयको यस टिप्पणीलाई तृणमूल कंग्रेसशासित राज्यमा चुनावी प्रक्रियाको पारदर्शिता औ प्रशासनिक सतर्कतामाथि सोझै प्रहार मानिँदैछ। यहाँ डायमण्ड हार्बरको उल्लेख गरेर उनले कथित रूपमा व्यापक रूपमा अनियमितताहरूतर्फ इंगित गरेका छन्।
यो प्रकरण बाहिरिएपछि मतदाता सत्यापन प्रणाली, दस्तावेजहरूको जाँच प्रक्रिया तथा एआईको सम्भावित दुरूपयोगलाई लिएर गम्भीर चिन्ता उत्पन्न भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा