
अमेठी, 24 फरवरी (हि.स.)। अमेठी जिल्लाको बजार शुक्ला थाना क्षेत्र अन्तर्गत एक कस्बामै एक युवकको शव फेला परेपछि खैलाबैला मच्चिएको छ। उक्त युवकको घाँटी काटेर निर्ममतापूर्वक हत्या गरिएको बताइएको छ। पुलिसले घटनास्थलमा पुगेर शवलाई आफ्नो कब्जामा लिएको छ र आवश्यक कानूनी कारबाही गरिरहेको छ।
मृतकको पहिचान बजार शुक्ला नगर निवासी शरीफका छोरा शाहिद (35) को रूपमा गरिएको छ। गाउँलेहरूले शाहिदको शव उनको घरबाट लगभग 1 किलोमिटर टाढ़ा इन्टर कलेज रोड स्थित भारत ग्यास एजेन्सी नजिकै सड़कको छेउमा फेला पारेका थिए। त्यसपछि पुलिसलाई जानकारी गराइयो। उक्त युवकले प्रेम विवाह गरेको खबर आएको छ। युवकको परिवारले हत्याको आरोप लगाएको छ।
बजार शुक्ला थाना क्षेत्रका थानाध्यक्ष विवेक कुमार वर्माले घटनाको जानकारी पाएपछि पुलिस तुरुन्तै घटनास्थलमा पुगेको बताए। फोरेन्सिक टोलीलाई पनि बोलाइएको छ। प्रमाण सङ्कलन भइरहेको छ। अन्य जानकारी जुटाइँदैछ र मानिसहरूसँग सोधपुछ भइरहेको छ। घटनाको छिट्टै खुलासा हुनेछ। घटनाको सम्बन्धमा आवश्यक कानूनी कारबाही भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी