ब्राउन शुगरको साथ तस्कर पक्राउ
ब्राउन शुगरको साथ तस्कर पक्राउ


सिलगढ़ी, 24 फरवरी (हि.स.)। दार्जीलिङ जिल्ला पुलिसले सिलगढ़ी उपखण्डको घोषपुकुर, फाँसीदेवा क्षेत्रबाट लाखौं रुपियाँको ब्राउन सुगर सहित एक तस्करलाई पक्राउ गरेको छ। पक्रा परेको अभियुक्तको पहिचान विधाननगर निवासी सुरजित सरकारको रूपमा गरिएको छ।

पुलिस सूत्रहरू अनुसार, गुप्त सूचनाको आधारमा सोमवार अबेर राति राष्ट्रिय राजमार्ग 27 को गान्धी मोड़ क्षेत्रमा एक शंकास्पद मोटरसाइकल चालकलाई रोकियो। उसको खोजी गर्दा 103 ग्राम ब्राउन शुगर जफत भयो। त्यसपछि आरोपीलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरियो। जफत गरिएको ब्राउन शुगरको बजार मूल्य लगभग 10 लाख रूपियाँ मापिएको छ। लागूऔषध विधाननगरबाट घोषपुकुर ढुवानी गरिँदै थियो। घोषपुकुर पुलिस एकाईले यस विषयमा अनुसन्धान शुरु गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande