
कोलकाता, 24 फरवरी (हि.स.)। महानगरको माँ फ्लाइओभरमा मंगलवार बिहान वर्षाको कारणले चिप्लिने सडकमा सेनाको एउटा वाहन अनियन्त्रित भएर पल्टियो जसमा सवार दुईजना जवान घाइते भए।
पुलिसले बतायो, वाहन विपरीत दिशाको लेनमा पसेपछि रेलिंगसित ठोक्किएर पल्टियो। घटना घट्दा वाहनमा तीनजना सैनिक जवाहरू सवार थिए जसमध्ये दुईजनालाई चोट लाग्यो। सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो अनि दुर्घटनाग्रस्त वाहनबाट जवानहरूलाई बाहिर निकालेर नजिकैको अस्पतालमा भर्ती गरायो।
कोलकाता ट्राफिक पुलिस सूत्र अनुसार वाहन साइन्स सिटीदेखि पार्क सर्कस तर्फ गइरहेको थियो, अचानक चालकले नियन्त्रण गुमाएको कारण डिभाइडरलाई पार गरेर अर्को लेनमा पस्यो। मंगलवार भोर बिहान शहरमा हल्कादेखि मध्यम वर्षा भइरहेको थियो जसबाट सड़क भिजेर चिप्लिने भएको थियो। आशंका छ, त्यसैले चालकले वाहनमाथि आफ्नो नियन्त्रण गुमायो।
यो दुर्घटना चिप्लिएर भएको हो वा अन्य कारणले पत्तो लगाउन पुलिसले जाँंच गरिरहेको छ। सेनाले पनि दुर्घटनाको सठीक कारण पत्तो लगाउन जाँच शुरूर गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा