10 मार्चमा महाराजा पृथु फ्लाइओभरको लोकार्पण मुख्यमन्त्रीले गर्ने
10 मार्चमा महाराजा पृथु फ्लाइओभरको लोकार्पण मुख्यमन्त्रीले गर्ने


गुवाहाटी, 24 फरवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आगामी 10 मार्चका नूनमाटी–दिघलीपुखुरी फ्लाइओभरको लोकार्पण गर्नेछन्। यो बहुप्रतीक्षित परियोजनालाई राज्यको शहरी बुनियादी ढाँचाको विकासमा एक महत्वपूर्ण उपलब्धि मानिँदैछ। मुख्यमन्त्रीले गए राति एक कार्यक्रममा सामेल भएपछि मीडियालाई यस आशयको जानकारी दिए।

महाराजा पृथु फ्लाइओभरको नामबाट निर्मित यो फ्लाइओभर लगभग 6 किलोमीटर लामो छ भने यसलाई 850 कड़ोर रुपियाँको लागतमा निर्माण गरिएको छ। यो शुरू भएपछि गुवाहाटी शहरमा यातायात जामको समस्या धेरै मात्रामा कम हुने आशा छ।

नूनमाटीदेखि दिघलीपुखुरीसम्म सोझो अनि तीव्र सम्पर्क सुविधा प्रदान गर्ने यो उड़ान पुलले शहरका मुख्य भागहरूलाई जोड़्नेछ। मुख्यमन्त्रीले आगामी 10 मार्चमा औपचारिक रूपमा यसको लोकार्पण गर्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande