रणहौलाको स्कूलमा आगलागी, निसास्सिएर गार्डको मृत्यु
रणहौलाको स्कूलमा आगलागी, निसास्सिएर गार्डको मृत्यु


नयाँ दिल्ली, 24 फरवरी (हि.स.)। बाहिरी दिल्लीको रणहौला क्षेत्रस्थित एक स्कूलमा आगो लाग्यो जसले गर्दा क्षेत्रमा खैलाबैला मचियो। आगोको चपेटमा परेर स्कूल गार्डको मृत्यु भयो। प्रारम्भिक आशंकामा उनको मृत्यु धुँवाले निसास्सिएर भएको हुनसक्छ।

दिल्ली दमकल विभाग अनुसार मंगलवार बिहान लगभग 8 बजी आगो लागेको सूचना प्राप्त भयो। घटनास्थलमा पुगेका दमकल वाहनहरू आगो निभाउन जुटे। जाँचमा थाहा लाग्यो, आगो अबेर राति नै लागेको थियो, तर यसको जानकारी बिहान त्यसबेला पाइयो जतिबेला स्कूल कर्मचारीहरू त्यहाँ पुगे। आगो स्कूल परिसरको गार्ड रूममा लागेको थियो।

दमकल कर्मीहरूले आगो निभाउने क्रममा भित्र एउटा शव भेटे जसको पहिचान स्कूल गार्ड नरेश (58)-को रूपमा भएको छ। घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। आगलागीको सूचना पाउनसाथ स्कूल तथा यस वरपरका क्षेत्रहरूमा कोकोहोलो मचियो। दमकलकर्मीहरूले घण्टौं लगाएर आगोलाई नियन्त्रण गरे। हाल आगलागीको कारण पत्तो लाग्न सकेको छैन। पुलिस र दमकल विभागको संयुत्क टीमले मामिलाको जाँच गरिरहेको छ। अर्कोतिर पुलिस अधिकारीको भनाइ छ, पोस्टमर्टम रिपोर्ट तथा फोरेन्सिक जाँचपछि नै मृत्यु तथा आगलागीको वास्तविक कारण स्पष्ट हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande