
कोलकाता, 24 फरवरी (हि.स.)। सोमवार राति महानगरको तिलजला क्षेत्रमा भएको गोलीबारीको घटनाले हंगामा मच्चायो। व्यक्तिगत विवादपछि भएको गोलीबारीमा मोहम्मद नियाज नाम गरेको एक युवक गम्भीर रूपमा घाइते भएको छ। मोहम्मद नियाजलाई हिजो राति एसएसकेएम अस्पतालको ट्रमा केयर सेन्टरमा भर्ती गरिएको छ, जहाँ उसको उपचार भइरहेको छ। पुलिसले यस विषयमा अनुसन्धान शुरु गरेको छ।
प्राप्त जानकारी अनुसार, सोमवार साँझ नियाज र मोहम्मद सलमानबीच कुनै कुरालाई लिएर भनावैरी भएको थियो। विवाद बढ्दै जाँदा स्थानीय बासिन्दाहरूले हस्तक्षेप गरेर स्थिति शान्त पारेका थिए।
आरोप छ कि अबेर राति सलमानले नियाजलाई घरबाट बाहिर बोलाएर पाँचदेखि छह राउन्ड गोली हानेको थियो। गोली लाग्नसाथ नियाज घटनास्थलमै रगत्तामे भएर ढल्यो। छिमेकीहरूले उलाई तुरुन्तै अस्पताल पुर्याीए।
स्थानीय सूत्रहरूको दाबी छ कि अभियुक्त सलमानको आपराधिक सम्बन्ध छ र उ चोरी, डकैती र बलजफ्ती चन्दा असुलीको धेरै मुद्दामा दोषी ठहरिएको छ। यद्यपि, दुई जना बीचको विवादको कारण अझै स्पष्ट छैन।
पुलिसले यस विषयमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र अभियुक्तलाई खोज्न छापा मार्ने काम भइरहेको बताएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी