घैयाबारीमा विभिन्न विकास कार्यको लागि क्षेत्रीय सभासद, पञ्चायत र विभागीय प्रतिनिधिहरुद्वारा निरीक्षण कार्य सम्पन्न
Ghayabari development


खरसाङ, 24 फरवरी (हि.स.)। खरसाङ खण्डको घैयाबारी ग्राम पञ्चायत तीन अन्तर्गत घैयाबारी क्षेत्रको गुरुङ गाउँमा सार्वजनिक भवन, मानेडाँडामा रोड फेन्सिङ, लोवर गैरी गाउँमा समाज घर निर्माण र घैयाबारीको झूम डाँडामा वार मेमोरियल निर्माणको लागि क्षेत्रीय सभासद, ग्राम पञ्चायत प्रधान, उप प्रधान र विभागीय अधिकारीहरु र पार्टी प्रतिनिधिहरुले निरीक्षणका साथै नापजोख गरेका छन्।

घैयाबारीको मानेडाँडा क्षेत्रमा देखिएको खतरालाई ध्यानमा राख्दै यहॉं फेन्सिङ गर्न निरीक्षण साथै नापजोख गरिएको छ। त्यसरी नै घैयाबारीको झुम डाँडामा वार मेमोरियल निर्माणको लागि पनि स्थान चिन्हित गरिएको छ। यस कार्यका लागि कारगिल एनजीओले पहल गरेको थियो।

यसरी नै घैयाबारीको गुरुङ गाउँमा सार्वजनिक भवन निर्माणको लागि पनि नापजोख गरिएको छ भने लोवर गैरी गाउँमा समाज घर निर्माणको लागि पनि नापजोख गरिएको छ। यस कार्यको लागि स्थानीय समाज र पार्टी प्रतिनिधिहरुद्वारा पहल गरिएको बताइएको छ। निरीक्षण कार्य अवधि क्षेत्रीय सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत तीनकी पञ्चायत प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई, भागोप्रमो तीनधारे महानदी समष्टिका प्रवक्ता बिपन विश्वकर्म, सिँचाई विभाग खरसाङका अभियन्ता अविनाश शर्मा आदि उपस्थित रहेका थिए।

क्षेत्रीय सभासद नवराज छेत्रीले भने, घैयाबारीको मानेडाँडा रोडमा देखिएको खतरालाई ध्यानमा राख्दै कारगिल एनजीओले सुरक्षा सुनिश्चित गर्न ज्ञापन पत्र बुझाएको थियो। आज आफु लगायत पञ्चायत प्रतिनिधिहरु र विभागीय अधिकारीहरुको उपस्थितिमा रोडको निरीक्षण र नापजोख गरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande